९ कार्तिक, एजेन्सी । कोरोना भाईरस कोभिड–१९ संक्रमणको लहर फेरी सुरु भएको भन्दै चीनको एक सहरमा पुनः लकडाउ सुरु भएको छ । उक्त सहरमा करिब ४० लाख जनता रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
उक्त सहरका नागरिकलाई अत्यावस्यक नपरि घर बाहिर ननिस्कन भनिएको छ । तथापि चीनमा कोरोना संक्रमीतको संख्या निकै कम छ तर गाँसु प्रान्तिको राजधानी लानजुमा भने सतर्कताका साथ लकडाउन लागु गरिएको छ । सोमबार चीनमा भेटिएका २९ संक्रमीत मध्य ६ जना संक्रमीत लानजुका थिए ।





