काठमाडौं ९, कार्तिक । नेपालमा आज पछिल्लो २४ घण्टामा ६६६ जना कोभिड १९ संक्रमित थपिएका छन् । १२ हजार २० जनाको परीक्षण गर्दा ६६६ जनामा संक्रमण देखिएको हो।
यस्तै, ६२२ जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या १० हजार २९६ पुगेको छ । संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ३७२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ७३ हजार ४२७ जनाले कोभिड १९ विरुद्ध खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।





