काठमाडौं ११ कार्तिक । सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा आज कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । रिसालको आज बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज आफ्नै एकल इजलासमा २८ वटा मु्द्दाको पेसी तोकेका थिए । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । तर उनको इजलासमा पनि आज सुनुवाइ नहुने भएको छ ।





