काठमाडौं ११ कार्तिक । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छिन् । ज्वरो र रुघाको समस्या देखिएपछि बुधबार वीर अस्पताल भर्ना भएकी झाँक्रीमा निमोनिया देखिएको बताईएको छ ।
सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिएका छन् । मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डा. बस्नेतले बताएका छन् ।
वीर अस्पतालको भीआईपी उपचारकक्षमा उनको उपचार भइरहेको छ ।





