अन्तर्राष्ट्रिय

चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमनः बेइजिङ

काठमाडौं ११ कार्तिक । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमनू भएको प्रतिक्रिया दिएको छ। बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ।

वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले आज आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग गम्भीर प्रतिनिधित्वू गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताएका छन्।