काठमाडौं ११ कार्तिक । नेपालमा आज देशभर थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा ११ हजार ३ सय ५५ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणमा ५ सय ९१ जना संक्रमीत भेटिएका हुन् ।
साथै आज ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ८२ पुगेको छ ।
साथै नेपालमा आजका दिनसम्म सक्रीय संक्रमीतको संख्या १० हजार २ सय ३६ जना रहेको छ ।





