समाचार

बालकृष्ण खाँण बने कार्यबाहक प्रधानमन्त्री

१२ कार्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री बनेका छन् । एकसाता लामो वैदेशिक भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले खाडलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

देउवा आज एकसाता लामो बेलायत भ्रमणमा जाँदै छन् । देउवाले आँफुपछिका वरिष्ठतम मन्त्री गृहमन्त्रीलाई जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि कोप २६ पक्षको २६ औं सम्मेलनको वल्र्ड लिटर समिटका लागी आज बेलाएत जाँदैछन् ।

देउवा कार्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको बताईएको छ ।