१२ कार्तिक, काठमाडौं । नेपाल बार एसोसिएसन परिसरमा कानुन व्यवसायीहरूबीच आज कुटाकुट भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवन बाहिर हात हालाहात भएको बताईएको छ ।
पिटिनेमा अधिवक्ता भूमिनन्द चुडाल रहेको र उनले अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताएका छन् । साथै उनले अब कनुनी उपचारमा जाने समेत बताएका छन् ।
चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । मिडियामा न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै न्यौपानेले हात हालेको उनले बताए । साथै उनको कोट पनि च्यातिएको छ ।





