समाचार

ईजलास बहिस्कारले न्यायक्षेत्रमा अपुरणीय क्षेति भएको भन्दै १५ न्यायाधीशविरुद्ध सर्बोच्चमा रिट

१२ कार्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा संविधानप्रदत्त मौलिक हक हनन् भएको र बन्दी तथा थुनुवाहरूको हकमा बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत प्रभावित हुँदा अपूरणीय क्षति भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मासहित कृष्ण प्रसाई, तोयानाथ ढुंगाना, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले आज पेस गरेको रिटमा प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीशलाई विपक्षी बनाइएको छ ।

कृष्ण प्रसाई सहितका अधिवक्ताहरुले १५ न्यायाधीशविरुद्ध दाएर गरेको रिटमा शुक्रबारबाटै मुद्धा स्वस्च्छ सुनुवाईका लागि परमादेश जारी गर्न माग गरिएको छ ।

रिटमा पेसी सूचीका कुनै पनि मुद्दा नरोक्न र इजलासमा बसी स्वच्छ सुनुवाइ गर्नका लागि विपक्षी न्यायाधीशहरूका नाममा परमादेश माग गरिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन दबाब दिँदै आएका न्यायाधीशहरुले आजको ईजलास पनि बहिष्कार गरे्का छन् ।