समाचार

राप्रपाको एकता महाधिबेशनका लागि पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन

१२ कार्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी मंसीर ११, १२ र १३ गते काठमाण्डौमा हुने एकता महाधिबेशन तयारीका लागि उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ ।

समितिको सदस्यमा नवलपुरका नीलकण्ठ काफ्ले, ललितपुरका श्याम प्रसाद तिमिल्सिना, काठमाण्डौका चन्द्र बहादुर गुरुङ्ग, बैतडीका गणेश चन्द, काठमाण्डौंकै इन्द्र चित्रकार, कंचनपुरका तिर्थराज चटौत, दोलखाका सोभित उप्रेति, रामेछापका आङ्गनिमा शेर्पा, सिन्धुपाल्चोकका पुष्कर ढुङ्गेल, र काठमाण्डौका शिवराम थापा रहेका छन् ।