१३ कार्तिक, काठमाडौं । बिभिन्न ६ बिद्यार्थि संगठनले पेट्रोलिय पर्दाथमा भएको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका अध्यक्षदेवेन्द्र कुँवर, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम–नेपालीको जनजीवन कठिन बनाएको ठहर गर्दै तत्काल मुल्यबृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडवाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको उनिहरुले बताएका छन् ।
साथै उनिहरुले आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ पूर्ण उदासिन रही केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रूपमा गरिएको मूल्य वृद्धिप्रति उनीहरूले कडा आपत्ति जनाएका छन् । साथै आँफुहरुको मागलाई सरकारले वेवास्ता गरे कडा संघर्षमा उत्रने उनिहरुको चेतावनि छ ।






