समाचार

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

१४ कार्ति, काठमाडौं । रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आज आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्तिक ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथी सरोज प्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।