समाचार

आचार्यको राजीनामासंगै सातै प्रदेशमा एमाले नेतृत्व समाप्तः ओली चिन्तित

१५ कार्तिक, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसंगै नेकपा एमालेको नेतृत्व अब प्रदेशमा समाप्त भएको छ । वाग्मतीको मुख्यमन्त्री गुमाएको केही दिनमै केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले प्रदेश १ को मुख्यमन्त्री समेत गुमाएको छ ।

pmoli

अल्पमतमा परेपछि वाग्मतीकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएको केहिदिनभित्रै आज प्रदेश १ का मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री बनेको ६८ दिनमै राजीनामा दिएका छन् ।

उनले आज दिउँसो प्रदेशसभाको बैठकमा राजीनामा दिएका हुन् । आचार्यको राजीनामा संगै एमालेले सातै प्रदेशबाट मुख्यमन्त्रीको पद गुमाएको छ ।

प्रदेशमा एमाले अल्पमतमा परेपछि आचार्यले आज राजीनामा दिने घोषणा गरेका थिए । राजीनामा दिँदै आचार्यले दलहरु मिलेर जानुको विकल्प नरहेको बताएका थिए ।