अन्तर्राष्ट्रिय

घानामा भएको सडक दुर्घटनामा १९ को मृत्यु

१७ कात्तिक सिन्ह्वा । घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो ।

मंगलबार भएको सो दुर्घटनमा परी अरु कैयौँ घाइते भएका छन् । असातीको अबोफर भन्ने स्थानमा विपरीत दिशाबाट आएका बस एकापसमा ठोक्किँदा बसमा रहेका यात्रुहरुको ज्यान गएको हो ।