आर्थिक

सुनको मूल्य प्रतितोला ९१ हजारः आज ५ सयले घट्यो

१८ कार्तिक, काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५ सय ले घटेर ९१ हजार तोकिएकोे छ । बुधबार उक्त सुन प्रतितोला  ९१ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला  ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९१ हजार तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ ।