अन्तर्राष्ट्रिय

नाइजेरियाको लागोसमा निर्माणाधीन भवन भत्किँदा ४२ जनाको मृत्यु

२१ कात्तिक सिन्ह्वा । नाइजेरियाको लागोसमा निर्माणाधीन अवस्थाको एक भवन भत्किँदा त्यसमा परेर कम्तीमा पनि ४२ जनाको ज्यान गएको छ ।

नाइजेरियाको सबैभन्दा ठूलो तथा आर्थिक केन्द्र मानिएको यस नगरमा भएको यस दुर्घटनामा परेर ४२ जनाको ज्यान गएको र अरु केही अझै पनि भवनको भग्नावशेषमा परेका बताइएको छ । यहाँका उद्धारकर्मीहरुले सो भवन भत्किँदा के कतिजना नागरिक पुरिएका या च्यापिएका छन् भन्ने बारेमा केही बताएका छैनन् ।

शुक्रबार राति भएको सो दुर्घटनाका १५ जनालाई भने जिवीतै उद्धार गरिएको थियो । सो भवनमा कतिजना पुरिएका छन् भन्ने स्पष्ट नभए पनि यहाँका उद्धार अधिकारीहरुले करिब ४९ जनाका आफन्तले आफ्ना सदस्य हराएका बताएका जनाएका छन् ।