आर्थिक

स्व केसीको अर्धकदको शालिक अनावरण

२६ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंक पोखराका संस्थापक अध्यक्ष स्व सूर्यबहादुर केसीको स्मृतिमा माछापुच्छ्रे बैंकको पोखरा नयाँबजारस्थित कार्यालय परिसरमा अर्धकदको शालिक स्थापना गरिएको छ ।

शालिकको आज केसीकी धर्मपत्नी प्रेमकुमारीले अनावरण गरे । काठमांडौँका कलाकार एवं मूर्तिकार विकल प्रजापतिले सो शालिक बनाएका हुन् ।

विगत २२ वर्ष अगाडि पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भन्दै केसीले सो बैंक स्थापना गरेका हुन् । कार्यक्रममा पूर्वप्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापा, बैंकका सञ्चालक हरिभक्त सिग्देल (महेश) र केसीका छोरा प्रकाशले स्वर्गीय केसीको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।