आर्थिक

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल कार्डलेस विथड्रल

२८ कार्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकले एमबीएल कार्डलेस विथड्रल ल्याएको छ । समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले एमबीएल कार्डलेस विथड्रलसेवा बैंकले संचालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी ATM बाट रकम झिक्दै आएका हाम्रा ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी Cardless Withdrawal Option गई यस बैंकको ATM हरु बाट नगद झिक्न सक्ने बैंकले जनाएको छ । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध समेत गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले विशेष गरी डिजीटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको समेत बताएको छ ।