३ मंसिर, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएलर २९ बैंक वित्तिय संस्थाहरुबीच एक औपचारिक कार्यक्रममा सम्झौता भएको छ । एनसी एचएल तथा सम्बन्धित बैंक वित्तिय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।

साथै नेपाल राष्ट्र बैंकका बरिष्ठ डेप्युटी गभर्नर आदरणीय डाक्टर नीलमढुङ्गाना तिम्सिनाज्यू, डेप्युटी गभर्नर बम बहादुर मिश्र, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघ तथा नेपालफाइनान्सियल इन्स्टिट्युसन संघका अध्यक्षहरु, नेपाल राष्ट्र बैंकका वरिष्ठ पदाधिकारीहरु, विभिन्न बैंक वित्तिय संस्था एवम भुक्तानी प्रणाली सञ्चालकत था भुक्तानी सेवाप्रदायक संस्थाका प्रमुख कार्यकारी एवम उच्च पदाधिकारी समेतको उपस्थिती रहेको थियो ।
नेपाल सरकारको बजेट तथामौदि«कनीतीमासमेत उल्लेख भएबमोजिमनेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी नेपालक्लियरिङ्ग हाउसलाई गतआर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्र्तिक महिनामा प्राप्त भएको हो । यसै क्रममानेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी हालसम्म१८ वटा वाणिज्यबैकहरु ५ वटा विकास बैंकहरुतथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तिय संस्थाहरुलेसम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यसै गरी अन्यबैंक\वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउदै लैजाने कार्य योजना रहेको छ । कार्ड बाहेकका भुक्तानी प्रणाली बीचअन्तरआबद्धता कायमगर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौता पश्चात यसको कार्यान्वयन अघि बढ्ने छ ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेट वर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथापिएसओ सेटलमेन्ट लगायतकाभुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।
उक्त स्वीचरिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रहीविभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत बैंक वित्तिय संस्थातथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्ड सँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यककार्य अघि बढाइएको छ ।
नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरु सँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थपसहज, सुलभ र सुरक्षितबनाउने अपेक्षा गरेको छ ।





