५ मंसिर, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ८४५ पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २७८ एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो । त्यस्तै पछिल्लो २४ घन्टामा ३७० जना संक्रमणमुक्त भएका छन्। हालसम्म ८ लाख ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ । त्यस्तै थप ४ लाख १४ जनाले खोप लगाएको बताइएको छ ।





