समाचार

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने नेम्वाङको तयारी

७ मंसिर, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले दशौं राष्ट्रिय महाधिवेशनमा पार्टीको वरिष्ठ उपाध्यक्ष उम्मेदवारी दिने भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन् । नेम्वाङले आफू सर्वसहमतिको पक्षमा रहेको बताएका छन् ।

सर्वसम्मत रुपमा नेतृत्व चयन नभए वरिष्ठ उपाध्यका लागि उम्मेद्वारी दिने तयारी नेम्बाङले गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेलले दाबी गरिरहेको बेला ओली समुहकै नेम्वाङले पनि पनि दावी गरेका हुन् ।

उपाध्यक्षमा पूर्व माओवादी नेता रामबहादुर थापा बादल र १० बुँदे सहमतिमार्फत एमालेमा क्रियाशील भएका उपाध्यक्ष युवराज ज्ञवालीले पनि दाबी गर्दै आएका छन् । नेम्बाङले भने आफूलाई वरिष्ठ उपाध्यक्षका लागि उम्मेद्वारी दिन सुझाव आएको बताएका छन् ।