८ मंसिर, काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उहाँको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बिमा रकम एक कार्यक्रमका बीच प्रदान गरिएको छ ।
बिमाको रकम कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंक मणि बरालज्यू र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजि ढकालले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । स्वर्गीय राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ बिमा १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।





