८ मंसिर, काठमडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित नेपालबार एशोसिएशनले आज देशभरका उच्च अदालतमा बिरोध सभा गर्ने भएको छ ।
विभिन्न आरोप लागाउदै नेपाल बारको अगुवाईमा कानुन व्यवसायीहरु बिगत तीन सातादेखी आन्दोलित छन् । आज देशभरका १८ वटै उच्च अदालतमा बिरोध प्रदर्शन र बिरोध सभा गर्न मातहतका निकायहरुलाई बारले निर्देशन समेत दिएको छ ।
बार महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गर्दै १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पनि खटाइएको जानकारी दिएका छन् । विरोध कार्यक्रम अनुसार बारको केन्द्रीय नेतृत्व भने पाटन उच्च अदालत परिसरमा हुने विरोध कार्यक्रममा सहभागी हुने छ ।
यस अघि बारले जबराले राजीनामा दिने कुनै संकेत नदेखेपछि जबरालाई महाअभियोग लगाउन माग गर्दै बिभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र समेत बुझाई सकेको छ ।





