१० मंसिर, काठमाडौं । प्रधानमन्त्ती शेरबहादुर देउवाले देश र जनताका मुद्धामा मुलुकका सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिएका छन् ।
चितवनमा आजदेखी सुरु भएको एमालेको दशौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुबिच थुप्रै मत भिन्नता भएपनि राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्ने समेत बताएका छन् ।
देउवाले सरकार जनताको जिवनरक्षा गर्न कटिबद्ध रहेको बताउँदै देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।





