स्वास्थ्य

२४ घण्टे कोरोना अपडेटः २७० संक्रमीत, ३०२ संक्रमण मुक्त थप २ को मृत्यु

१० मंसिर, काठमाडौं । नेपाल आज कोरोना संक्रमीत भन्दा निको हुनेको संख्या धेरै छ । आज २ सय ७० थपिँदा ३ सय २ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।

७ हजार ८ सय २९ जनाको पिसिआर परिक्षण गर्दा २ सय ४२ र २ हजार ६ सय १७ को एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा २८ जना संक्रमीत भेटिएका हुन् । साथै पछिल्लो २४ घण्टामा थप ३ सय २ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै कोरोना निको हुनेको संख्या ८ लाख १ हजार ७ सय २२ रहेको छ ।

यस्तै आज थप २ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय १८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ७ हजार २ सय ८७ जना सक्रीय संक्रमीत रहेका छन् ।