समाचार

सर्बसम्मत नेतृत्व छानौं भन्दै बन्द सत्रस्थल बाहिर नाराबाजी

११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहस्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ । १०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो ।

अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन् । एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहितामा भने कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ । उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ । शुक्रबारबाट सुरु भएको महाधिवेशन आइतबारसम्म चल्ने तालिका छ ।