११ मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दशत्र ढिलागरि सुरु भएको छ । बन्दसत्रको उद्घाटन सत्रमा हाज विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भने अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने भएका छन् ।
चितवनको सौराहस्थित होटल सेभेन स्टारको बन्दशत्र हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगिसकेका छन् भने एमाले प्रतिनिधिहरु पनि जम्मा हुन थालेका छन् । महाधिवेशनको बन्दसत्रले एमाले केन्द्रीय कमिटिको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने भएको छ । बैठकले १० औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो ।





