समाचार

२४ घण्टे कोरोना अपडेटः १९७ जना संक्रमित, ३२५ संक्रमित निको थप ३ को मृत्यु

११ मंसिर, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा नेपालमा १९७ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार ९०७ पीसीआर नमुना परीक्षण गर्दा १९७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, १ हजार ७२५ वटा एन्टिजेन नमुना परीक्षण गर्दा १६ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६३२ परीक्षण हुँदा २१३ जनामा कोरोना देखिएको छ । यस्तै, आज ३२५ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.७ प्रतिशत छ । यस्तै, ३ जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १५६ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ९८ जना क्‍वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ८ लाख २० हजार ७२४ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ लाख २ हजार ४७ जना निको भएका छन् ।