१२ मंसिर, काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्र परिसरबाट अध्यक्षका दाबेदार भीम रावलको पर्चा खोसिएको छ । आचारसंहिताविपरीत भएको भन्दै रावलको पर्चा खोसिएको जनाइएको छ ।
रावल पक्षधरले ‘मेरो उम्मेदवारी किन ?’ लेखिएको पर्चा बन्दसत्र हलको गेटमै पुगेर बाँडिरहेका थिए । हातमा बोकेर बन्दसत्र हुने हल भित्र छिर्न लागेका कार्यकर्ताको साथबाट पर्चा खोसिएको छ भने पर्चा बाँड्न पाईदैन भन्दै बाहिर निकालिएको छ ।
एमालेले महाधिवेशनमा चार बाइ चार इन्चभन्दा बढीका प्रसारसामग्री प्रयोग गर्न नपाइने आचारसंहिता बनाएको छ । बन्दसत्रको दोस्रो दिन आज सर्वसम्मत नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको छ । हिजो बन्दसत्र हलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र सदस्य तोक्ने सर्वाधिकार दिएको थियो । उक्त निर्णयप्रति रावलले आपत्ति जनाइरहेका छन् । भने अधयक्षमा उम्मेदवारी दिने अडान नछाड्ने अडान कायमै राखेका छन् ।





