आर्थिक

सुनको मूल्य प्रतितोला ९२ हजार १ सय

१२ मंसिर, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९ सय मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २ सय ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६ सय कायम भएको छ ।

शुक्रबार प्रतितोला रु ९१ हजार ४ सय मा यसको कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।