समाचार

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

१२ मंसिर, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले कास्कीको पोखरास्थित श्री मध्य कमाण्ड हे।क्वा। र मनाङ्गस्थित गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणको दौरान उनले कमाण्ड हेड क्वाटर, बाहिनी, गण तथा गुल्महरुमा तैनाथी फौजको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको कार्यान्वयन सम्बन्धि प्रगति तथा सामुहिक तालिम संचालनको अवस्था लगायतका विषयहरुमा जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।

भ्रमणको क्रममा प्रधान सेनापति महारथी शर्माले गण्डकी प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग छुट्टाछुट्टै भेट तथा छलफल समेत गरेका थिए । मध्य कमाण्ड अन्तर्गतका हिमाली र उच्च पहाडी ईलाकाहरुमा अवस्थित युनिटहरुको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्माले मंसिर १३ गते मुस्ताङ्गको जोमसोमस्थित श्री नं.२३ बाहिनी अड्‍डा र बाग्लुङ्गस्थित गुल्मको निरीक्षण भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ भने १४ गते पाल्पास्थित गणको निरीक्षणका साथै उक्त जिल्लामा अवस्थित शान्ति वाटिका र पाल्पा दरबारस्थित सैनिक संग्रहालयको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति महारथी शर्मा तनहुँस्थित श्री नं।३ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण सम्पन्‍न गरी सोही दिन काठमाण्डौं फिर्ता हुने योजना रहेको छ ।