पु.समाचार

नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित

१२ मंसिर, ललितपुर । नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गरे ।

शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आज पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले जानकारी दिए ।

उपसभापति, सचिव, सहसचिव, जिल्ला कार्यसमितिका सदस्यहरुको अहिले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा मतगणना जारी रहेको जानकारी पनि उनले दिए । कोषाध्यक्ष भने नवनिर्वाचित जिल्ला सभापतिले निर्वाचित जिल्ला कार्य समितिका सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।