समाचार

एमाले महाधिवेशनमा ९ करोड खर्चः दुईदिन लम्बिदा ढेड करोड थप

१४ मंसिर, काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा ९ करोड खर्च भएको छ । साढे ७ करोडमा महाधिवेशन सक्ने योजना भएपनि अन्तमा ९ करोड खर्च भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार महाधिवेशद दुई दिन लम्बिदा खर्च थप बढेको हो ।

दुई दिन महाधिवेशन लम्बिदा डेढ करोड थपिएको हो । चितवनमा १० गतेदेखी सुरु भएको महाधिवेशन १२ गते सक्ने योजना रहेकोमा दुई दिन लम्बिदा खर्च पनि बढेको हो ।

सचिव तामाङका अनुसार दशौं महाधिवेशनका लागि नेकपा एमालेले साढे ७ करोड बजेट छुट्याएको थियो । साथै बिल अझै आईनसकेकाले खर्चबारे एकिन विवरण भने प्राप्त नभएको उनले बताए ।