समाचार

सर्बाेच्चमा आज गोला प्रणालीबाट पेशी तोकिने

१५ मंसिर, काठमाडौं । सर्बाेच्च अदालतमा आजदेखी गोला प्रणालीबाट पेशी तोकिने भएको छ । सो सम्बन्धी सुचना राजपत्रमा समेत प्रकाशित भईसकेको छ । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनले गोला प्रणालीलाई मुलुकभरका अदालतमा लागु गर्ने माग गर्ने भएको छ ।

साथै बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कालोपट्टि बाँधेरधर्ना कार्यक्रमलाई निरन्तरता दिनेछ । बारले जबराको राजीनामा माग्दै बिगत एक महिनादेखी बिभिन् बिरोधका कार्यक्रम गर्दै आएको छ ।

जबरा स्वईच्छाचारि भएको सेटिङमा ईजलास गठन गर्ने गरेको आरोप लाउँदै बारले गोला प्रकृयाबाट पेशी व्यवस्थापन गर्न माग गरेको थियो । सोहि माग अनुसार आजबाट सर्बाेच्चमा गोला प्रणालीबाट पेशी तोकिने छ ।