समाचार

२४ घण्टे कोरोना अपडेटः ३१६ जना संक्रमीत, २५९ जना संक्रमणमुक्त थप ३ को मृत्यु

मंसिर १५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार उक्त अवधिमा देशभर १२ हजार ७२७ ओटा नमूना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना भने संक्रमणमुक्त भएका छन् ।

यसैगरी सो अवधिमा कोरोना संक्रमणबाट तीन जानाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

काठमाडौं उपत्यकाभित्र कुल १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा ११९ जना ,ललितपुर जिल्लामा २९ जना र भक्तपुर जिल्लामा दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।