१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादका कारण सर्बाेच्च अदालतमा अन्यौलता छाएको छ । बिदामा बसेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकेपछि सर्वोच्चमा मुद्धाको पेसी तोक्ने प्रकृया अन्यौलमा परेको छ ।
प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण देखिएपछि अस्पत्ताल भर्ना हुँदासमेत विदा बसेर कामुको जिम्मेवारी नतोकिएको कारण अहिलेसम्म मुद्दाको पेसी नतोकिएको हो ।
बुधबारबाट गोलाप्रथामा पेसी तोक्न सुरु गरिएको भएपनि प्रधानन्यायाधीश राणाले अस्पतालबाटै अदालत चलाउन खोजेको भन्दै न्यायाधीशहरु आक्रोसित भएका छन् । सर्वोच्चका अनुसार आज झण्डै साढे १ बसेसम्मपनि मुद्दाको पेसी तोकिएको छैन ।
आज बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यबहाक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको थियो ।





