समाचार

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

१७ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । उनि उपचाररत नेपाल ए.पी.एफ. अस्पताल,बलम्बुबाट आज बिहान डिस्चार्ज भएका हुन् । मंसिर १३ गतेदेखि अस्पताल भर्ना भएका जबरा स्वास्थ्यलाभ गरी घर फर्कीएको अस्पतालले जनाएको छ । उनि बिहान साढे ९ बजे त्यहाँबाट बालुवाटार निवासको लागि प्रस्थान गरेका छन् ।

प्रधानन्यायाधीश राणा कोभिड १९ निमोनिया भएपछि उपचारको निम्ति सोमबारदेखि उक्त अस्पताल भर्ना भएका थिए । उनि अस्पताल भर्ना भए पनि बिदा नलिएको र अर्का न्यायाधीशलाई कायममुकायम नदिइएको भन्दै आन्दोलनकारी कानुन व्यवसायी र असन्तुष्ट न्यायाधीशहरुले चर्को बिरोध गरेका छन् ।

अस्ति बुधबारदेखि सर्वोच्चको इजलास गठन र पेसी तोक्ने कार्य गोलाप्रथाबाट थालिएको छ । त्यतिबेला प्रधानन्यायाधीश राणा भने अस्पताल भर्ना भएका थिए ।