१८ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आज थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरि ६ हजार ७ सय ९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार २ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो । त्यस्तै एकैदिन पाँच जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा ३९२ जना संक्रमित कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन् ।





