समाचार

२४ घण्टे कोरोना अपडेटः ४३६ जना संक्रमणमुक्त, २०५ संक्रमित थप एकको मृत्यु

१९ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा थप २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ । यस्तै ४३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।