समाचार

फेरि पनि पार्टी सभापतिमा म नै विजय हुन्छुः देउवा

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फेरिपनि सभापति जित्ने दाबी गरेका छन् । बालुवाटारमा आज बिहान सञ्चारकर्मीहरुसंग कुराकानि गर्दै अबको चुनाबमा सभापति जितेमा अझ राम्रो काम गरेर देखाउने बताएका छन् ।

सात प्रदेश मध्य ५ प्रदेशमा जित हासिल गरेपछि संञ्चारकर्मीसंग उत्साहित हुँदै कुरा गरेका देउवाले सभापतिमा आफ्नै जित हुने दाबी गरेका हुन् । देउवाले पार्टीको बिधानबमोजिम एकपटक पार्टी सभापति देउवा बन्न चाहेको बताएका छन् । देउवाले पार्टी सभापसित बन्ने यो अन्तिम पटकको मौका भएको बताएका छन् ।

यस्तै फरक प्रसंगमा देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावपछि रहने या नरहने भन्ने विषयमा छलफल नगरेको बताएका छन् । सभापति देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने बताएका छन् ।

देउवाले कांग्रेस उदार र जिम्मेवार पार्टी भएकाले कसैलाई दुःख नदिने बताएका छन् । उनले अहिले कोरोनाको नयाँ भेरिएन्टको संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा कांग्रेसले शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।