२० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ । आज नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे अहिलेसम्म कुनै निर्णय मभएको जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले लकडाउनबारे केही निर्णय नभएको बताएका छन् । ओमिक्रोन मुलुकमा फैलनसक्ने भन्दै जनसमुदायबाट चासो र चिन्ता बेकाबेला सचेत रहन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले यस्तो स्पष्ट पारेको हो ।
अहिलेसम्म झण्डै ४० देशमा फैलिएको यो भाईरस संक्रमक देखिएको छ । नेपालमा पनि ओमिक्रोन देखिएपछि फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालमा सरकारले अब लकडाउन गर्नसक्ने भन्दै चासो र चिन्ता व्यक्त गर्न थालेका छन् । दोस्रो चरणको कोरोना भाईरसका कारण अस्तव्यस्त बनेको विश्वले आरामको सास लिन नपाउँदै तेस्रो लहर सुरु भएपछि सबैमा चिन्ता बढेको छ ।





