२२ मंसिर, एजेन्सी । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावत चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । तमिलनाडुको हेलिकप्टर कुन्नुरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
इन्डियन एयर फोर्सले ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । १४ जना सवार उक्त हेलिकप्टर दुर्घटनास्थलबाट तीन जनाको उद्धार गरिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार रावतको अवस्था गम्भिर रहेको र अस्पतालमा भर्ना गरिएको छ ।
जनरल रावत हेलिकप्टरमा पत्नी र परिवारका अन्य सदस्यको साथमा थिए । केलिकप्टरमा सेनाका अन्य अधिकारी पनि भएको बताइएको छ । दुर्घटना स्थलबाट ३ जनाको शव निकालिएको र ४ जना गम्भिर घाईतेलाई अस्पताल लगिएको छ । मृतकको पहिचान भने खुल्न नसकेको बताईएको छ ।
दुर्घटना भएको क्षेत्रमा निकै घना जंगल छ । चारैतिर रुखहरु मात्रै छन् । दुर्घटना निकै भयानक भएको र चारैतिर आगोको मुस्लो देखिएको थियो ।





