२२ मंसिर, काठमाडौं । नेपालमा आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमीत भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ सय संक्रमीत निको हुँदा थप २ सय ८० जनामा कोरोना पुष्टि भएको छ ।
९ हजार १ सय ६८ को पिसिआर परिक्षण गर्दा २ सय ५५ र ३ हजार ६ को एन्टिजेन परिक्षण गर्दा २५ जना गरि २ सय ८० संक्रमीत भेटिएका हुन् ।
यस्तै आज पछिल्लो २४ घण्टामा थप २ संक्रमीतले ज्यान गुमाएका छन् । आज काठमाडौं उपत्यकामा १ सय ६९ जना संक्रमीत थएिका छन् । जसमा काठमाडौंमा १ सय लतिपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमीत भेटिएका हुन् ।





