समाचार

प्रकाशमानको टिममा सुजाताः उपसभापतिमा उम्मेद्वारी दिने

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोईलालाले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी छिन् ।

काठमाडौंका सभापति सबुज बानिँयाका अनुसार सुजाता सिंहको प्यानेलबाट उपसभापतिमा लड्ने भएकी हुन् । साथै सभापतिमा उम्मेदवारी घोषणा गरेका प्रकाशमान सिंहले आज अबधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।

पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको सभापति बानियाँलले बताएका छन् ।