समाचार

शेखर कोईरालाको टिम तयारः उपसभापतिमा धनराज र चन्द्र, महामन्त्रीमा गगन र मिनेन्द्र

१२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार शेखर कोईरालाको टिम तयार भएको छ ।

आज दिउँसो काठमाडौंको एक होटलमा नेताहरुबीच भएको छलफलले पदाधीकारीको टुंगो लगाएको हो । शेखरको टिमबाट सभापतिमा डा. शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी छानिएका छन् ।

त्यसैगरि त्यसमा महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहनेगरि पदाधीकारीको टुंगो लागेको हो । त्यस्तै सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।