२५ मंसिर, काठमाडौं । कांग्रेस नेता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । उनले सभापतिको उम्मेदवारी दिएका नेता प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि प्रकाशमानको समुहबाट उम्मेद्वारी दर्ता गराएका हुन् ।





