समाचार

गगन थापाद्वारा महामन्त्री पदमा उम्मेदवारी दर्ता

२५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत महामन्त्री पदमा उम्मेदवारीका लागि आफ्नो अवधारणा पत्र समेत सार्वजनिक गरेका थिए । यसअघि सिटौला समूहमा रहेका उनी सो समूह छाडेर कोइराला समूहतर्फ लागेका हुन् ।