२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले सभापतिमा हारेमा प्रधानमन्त्रीबाट हटाउछन् कि ? भन्ने चिन्ता परेको छ ।
आज लैनचौरको एक बैंक्वेटमा आधिबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न आदिवासी जनजाती समुदायका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले जसरी पनि आफ्नो जित हुनुपर्ने बताएका छन् । उनले आफूलाई जसरी पनि जिताउन आफु पक्षका महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन् ।
आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने भन्दै उनले यस्को आग्रह गरेका हुन् । उनले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताएका छन् ।





