समाचार

गगनको अपिलः डा.कोइरालाको समुहलाई विवेकपुर्ण मतदान गरि बिजय गराऔं

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन कुमार थापाले डा.शेखर कोइरालाको समुहलाई विवेकपुर्ण मतदान गरि बिजय गउन सम्पुर्ण प्रतिनिधिसंग अपिल गरेका छन् । डा.कोईरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका गगनले सामाजिक सञ्जाल फेसबुकमाफर्त यस्तो अपिल गरेका हुन् ।

थापाले नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि ‘समुन्नत नेपाल सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका हुन् ।

थापाले विगतबाट प्रेरणा लिंदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन महाधिवेशनबाट नयाँ यात्रा थाल्नुपर्नेमा जोड दिँदै यसका लागि लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको बताएका छन् । यसका लागि नेतृत्वमा शेखर कोईरालालाई लैजानुपर्नेमा उनले जोड दिएका छन् ।