समाचार

प्रधान सेनापति र बेलायतका राजदूत निकोलाबीच भेटघाट

२७ मंसिर, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र बेलायतका राजदूत निकोला क्याथरिन पोलिट बीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।